काठमाडौं । काठमाडौँका विभिन्न स्थानमा आजदेखि विद्युत् आपूर्ति कटौती गरिने भएकाे छ।
भूमिगत विद्युत् वितरण प्रणाली सञ्चालन तथा हिउँदको विद्युत् माग व्यवस्थापनका लागि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा विद्युत् आपूर्ति कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएकाे छ। प्राधिकरणका अनुसार कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतका विभिन्न क्षेत्रमा आजदेखि २६ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न क्षेत्रमा लाइन काटेर भूमिगत विद्युत् प्रणालीसम्बन्धी काम गरिनेछ।
असोज १५ गते सतुंगल बौथली क्षेत्र, असोज १६ गते मच्छेगाउँ दोभान चोक तथा खुसी चोक क्षेत्र, असोज १७ गते मुलपानी क्षेत्र, असोज १८ गते गर्जुधारा क्षेत्र, असोज २० गते, मुलपानी क्षेत्रमा लाइन कटौती हुनेछ ।
त्यस्तै, असोज २१ गते बलम्बु क्षेत्र, असोज २२ गते कोटेश्वर–बालकुमारी क्षेत्र, असोज २४ गते सिफल क्षेत्र, असोज २५ सतुंगल धौलागिरी आवास क्षेत्र र असोज २६ गते धोबीखोला क्षेत्रमा लाइन कटौती गरी भूमिगत लाइनको काम गरिनेछ। मौसम प्रतिकूल भएमा निर्धारित विद्युत् आपूर्ति कटौती गरिने छैन।
मौसम प्रतिकूल भए निर्धारित कटौती नहुने प्राधिकरणले जनाएको छ ।
उपत्यकाको विद्युत् वितरण प्रणालीलाई भूमिगत, सुदृढ र स्वचालित बनाउने योजनाअन्तर्गत ३३ केभी, ११ केभी र ४०० भोल्टका लाइन भूमिगत गर्ने तथा अप्टिकल फाइबर बिछ्याउने काम भइरहेको छ ।






