मुख्य सामग्रीमा जानुहोस्
काठमाडौं, नेपाल २०८३ असोज १६, शुक्रबार
ब्रेकिङ समाचार

समाचार खोज्नुहोस्

खेलकुद

एनपीएल खेल्न जान लागेका क्रिकेट खेलाडी दिवान पुनलाई दाङमा सम्मान तथा बिदाइ

शिवु खनाल अपडेट: २८ पटक पढिएको
Share
एनपीएल खेल्न जान लागेका क्रिकेट खेलाडी दिवान पुनलाई दाङमा सम्मान तथा बिदाइ

दाङ। नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत कर्णाली याक्सबाट खेल्न जान लागेका दाङका क्रिकेट खेलाडी दिवान पुनलाई दाङमा सम्मान तथा बिदाइ गरिएको छ । बिहीबार तुलसीपुरमा आयोजित एक कार्यक्रमबीच पुनलाई क्रिकेट तथा खेलप्रेमी युवा, खेलाडी तथा शुभेच्छुकहरूले सम्मानसहित बिदाइ गरेका हुन् ।

कर्णाली प्रदेश क्रिकेट टोलीका कप्तानसमेत रहेका पुनले एनपीएलको आगामी सिजनमा कर्णाली याक्सको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछन् । दाङबाट राष्ट्रिय स्तरको क्रिकेटमा आफ्नो पहिचान बनाउँदै आएका पुनलाई एनपीएलमा उत्कृष्ट प्रदर्शनका लागि शुभकामनासहित बिदाइ गरिएको हो ।

कार्यक्रममा सहभागी खेलप्रेमी युवाहरूले पुनको सफलताले दाङ तथा समग्र कर्णाली क्षेत्रको क्रिकेट विकासमा समेत सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरेका थिए । उनीहरूले पुनलाई एनपीएलमा उत्कृष्ट प्रदर्शन गर्दै जिल्लाको नाम उच्च राख्न शुभकामना दिएका छन् ।

पुनको क्रिकेट यात्रामा निरन्तर साथ र हौसला प्रदान गर्दै आएका खेलप्रेमी तथा युवाहरूले आगामी दिनमा पनि स्थानीय स्तरबाट खेलाडी उत्पादन र क्रिकेट विकासका लागि सक्रिय भूमिका खेल्ने बताएका छन् । एनपीएलमा कर्णाली याक्सबाट मैदानमा उत्रिन लागेका पुनले आफ्नो प्रदर्शनमार्फत दाङको क्रिकेट प्रतिभालाई राष्ट्रियस्तरमा थप स्थापित गर्ने अपेक्षा गरिएको छ ।।

Share

प्रतिक्रिया दिनुहोस्

इमेल सार्वजनिक गरिँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।