मुख्य सामग्रीमा जानुहोस्
काठमाडौं, नेपाल २०८३ असोज १५, बिहिबार
ब्रेकिङ समाचार

समाचार खोज्नुहोस्

समाचार

पूर्वसहायकमन्त्री गुरुङको निधन

क्रान्तिपत्र ० प्रतिक्रिया २६ पटक पढिएको
🔗 सेयर गर्नुहोस्:
पूर्वसहायकमन्त्री गुरुङको निधन

कास्की । पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको निधन भएको छ। कास्कीको घान्द्रुक स्थायी घर भई हाल पोखरा–११ निवासी नेपाली कांग्रेसका पूर्वमहासमिति सदस्य समेत रहेका गुरुङको निधन भएको हो ।

उनी २०५९ असोजमा सहायकमन्त्री बनेका थिए । नेपाली कांग्रेसबाट कास्की क्षेत्र नम्बर ३ बाट सांसद बनेका थिए ।

गुरुङको अन्त्येष्टि असोज १४ गते बिहान १० बजे पोखरा–११ स्थित उनको निवासबाट शवयात्रासहित रामघाटमा गरिने परिवारले जनाएको छ ।

गुरुङले नेपाली कांग्रेसको संगठन निर्माण तथा राजनीतिक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेका थिए ।

🔗 सेयर गर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्

इमेल सार्वजनिक गरिँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।