मुख्य सामग्रीमा जानुहोस्
काठमाडौं, नेपाल २०८३ असोज १६, शुक्रबार
ब्रेकिङ समाचार

समाचार खोज्नुहोस्

शिक्षा

‘लालसलाम’ र ‘जयनेपाल’ शब्द कसरी प्रयोगमा आए ?

क्रान्तिपत्र ८ पटक पढिएको
Share
‘लालसलाम’ र ‘जयनेपाल’ शब्द कसरी प्रयोगमा आए ?

काठमाडौं। क्रान्तिकारीहरूले हँसिया, हथौडाको आकारमा मुठ्ठी उठाएर अभिवादन गर्दा प्रयोग गर्ने शब्दलाई लालसलाम भनिन्छ। यो शब्द ‘रेड सल्युट’बाट अनूदित भएको हो। ‘लाल’को अर्थ रातो र ‘सलाम’को अर्थ अभिवादन, प्रणाम, नमस्कार भन्ने हो। रातो रङ्ग क्रान्तिको प्रतीक भएकाले क्रान्ति चाहनेहरूले क्रान्तिकारी भाव र आदरका साथ अभिवादन गर्दा रातो अभिवादन वा लालसलाम गर्ने गरेका हुन्। लालसलाम विशेष गरी कम्युनिस्ट क्रान्तिकारीहरूले प्रयोग गर्ने गर्छन्।

कम्युनिस्टहरुले भन्ने लालसलाम शब्द हो। नेपालीमा अनुवाद गर्दा लाल भनेको रातो वा क्रान्ति बुझाउने उर्दु शब्द र सलाम भनेको अभिवादन वा नमस्कार बुझाउने हिन्दी शब्द हो। लालसलाम शब्द नेपालका कम्युनिस्टहरुले मात्रै प्रयोग नगरेर भारत, पाकिस्तान, बंगलादेश, अफ्गानिस्तान लगायत विश्वभरिका कम्युनिस्ट पार्टीले प्रयोग गर्दछन्।

‘जय नेपाल’ शब्दको पनि त्यस्तै ऐतिहासिक सन्दर्भ छ। वि.स. १९९७ सालमा सहिद शुक्रराज शास्त्रीलाई गलामा फाँसी लगाउने बेलामा तेरो अन्तिम इच्छा के छ ? भन्दा जय नेपाल भनेर मरेका हुन्। नेपाल प्रहरीमा प्रयोग गरिने जय नेपाल पनि २००७ सालमा नेपाली काँग्रेसद्वारा गठित मुक्ति सेनाको नारा जय नेपाल नै थियो। राणा शासन समाप्त भएपछि मुक्ति सेनालाई नेपाल प्रहरीसँग विलय बनाई प्रहरीभित्र पनि जय नेपाल चलेको मानिन्छ।

‘जय नेपाल’ शब्दले नेपालको जय होस् भन्ने अर्थ दिन्छ। औपचारिक दृष्टिले नेपालमा ‘नेपाली कांग्रेस’का नेता–कार्यकर्ताले जय नेपाल भने पनि यो राष्ट्रिय शब्दावली हो। यो शब्दावली प्रयोगका हिसाबले कांग्रेसहरुले बढी प्रयोग गरे पनि भावार्थ चाहिँ राष्ट्रिय महत्वको छ। तर, यसले अन्तर्राष्ट्रिय व्यापकता प्राप्त गरेको छैन।

लाल सलाम शब्दले कम्युनिस्ट क्रान्तिकारीहरुको अलग्गै पहिचान दिने भए पनि जय नेपाल शब्दले नेपालका सबै दल र नेता–कार्यकर्ताले प्रयोग गर्नसक्ने शब्द हो। ‘जय नेपाल’ शब्द पुँजीवादको पहिचान झल्किने शब्द होइन। तर, नेपालमा यसको प्रयोग प्रचलन पुँजीवादीहरुबाट भएका कारण अझै पनि सबै विचारको प्रतिनिधित्व गर्ने शक्तिहरुले औपचारिक रुपमा ‘जय नेपाल’को अपनत्व लिएको देखिँदैन।

Share

प्रतिक्रिया दिनुहोस्

इमेल सार्वजनिक गरिँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।