मुख्य सामग्रीमा जानुहोस्
काठमाडौं, नेपाल २०८३ असोज १६, शुक्रबार
ब्रेकिङ समाचार

समाचार खोज्नुहोस्

समाचार

विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

क्रान्तिपत्र २१ पटक पढिएको
Share
विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर महानगरपालिका-१५ बस्ने काभ्रे घर भएका ३२ वर्षीय विरेन्द्र तामाङ, काठमाडौं महानगरपालिका-९ बस्ने मकवानपुर घर भएका ३८ वर्षीय कमल प्रसाद गौतम, काठमाडौं महानगरपालिका-१४ बस्ने अछाम घर भएका ३३ वर्षीय गणेश बहादुर बुढा र काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बस्ने रामेछाप घर भएका ४४ वर्षीय बद्रि कुमार तामाङ रहेका छन् ।

पक्राउ मध्ये विरेन्द्रले बेलायत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९ लाख रूपैयाँ, कमलले रोमानिया पठादिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ, गणेशले अष्ट्रेलिया र क्यानडा पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ र बद्रिले पोल्याण्ड पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट २१ लाख ८९ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले विरेन्द्रलाई ललितपुर महानगरपालिका-३ बाट, कमललाई काठमाडौं महानगरपालिका-७ बाट र गणेशलाई काठमाडौं महानगरपालिका-१३ बाट मंगलबार तथा बद्रिलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-९ बाट बुधबार पक्राउ गरेको हो।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

Share

प्रतिक्रिया दिनुहोस्

इमेल सार्वजनिक गरिँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।