जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका–३ लालभित्तिमा बालुवा–गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टिँदा क्रसर सञ्चालक ३६ वर्षीय हरि महतोको मृत्यु भएको छ।
बिहीबार बिहान औरही बाबा बालुवा प्रशोधन उद्योगमा टिपर पल्टिँदा बालुवा–गिट्टीले पुरिएका महतोको उद्धार गरी जानकी मेडिकल कलेज, रमदैयाँ लगिएको थियो। उपचारका क्रममा बिहान करिब १०ः१५ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा टिपर चालक ३० वर्षीय हरिबहादुर विक घाइते भएका छन्। उनको अवस्था सामान्य छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।






