मुख्य सामग्रीमा जानुहोस्
काठमाडौं, नेपाल २०८३ असोज १६, शुक्रबार
ब्रेकिङ समाचार

समाचार खोज्नुहोस्

स्वास्थ्य

संघीय निजामती सेवा विधेयक: महिला कर्मचारीका लागि ‘महिनावारी बिदा’ को प्रस्ताव

क्रान्तिपत्र अपडेट: ११ पटक पढिएको
Share
संघीय निजामती सेवा विधेयक: महिला कर्मचारीका लागि ‘महिनावारी बिदा’ को प्रस्ताव

काठमाडौं। संसदमा पेस गरिएको ‘संघीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ मा महिला कर्मचारीहरूका लागि ‘महिनावारी/रजस्वला बिदा’ को विशेष व्यवस्था गरिएको छ।

निजामती सेवाको इतिहासमा पहिलो पटक महिला कर्मचारीहरूको स्वास्थ्य तथा प्रजननसम्बन्धी अधिकारलाई सम्बोधन गर्दै प्रस्तावित विधेयकमा महिनावारी बिदाको प्रावधान राखिएको हो।

विधेयकको दफा १२५ (१) मा निजामती कर्मचारीले पाउने विभिन्न बिदाहरूको सूचीमा खण्ड (च) अन्तर्गत ‘महिनावारी/रजस्वला बिदा’ समावेश गरिएको छ।

Share

प्रतिक्रिया दिनुहोस्

इमेल सार्वजनिक गरिँदैन। प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र प्रकाशित हुन्छ।