काठमाडौं । खेम सेन्चुरीको नयाँ गीत ‘बाहुन बाजे किन कसेको’ सम्प्रदायलाई होच्याएको आरोपमा विवादमा परेको छ।
गीतविरुद्ध उजुरी परेपछि नेपाल प्रहरीको साइबर ब्यूरोले सेन्चुरी र उजुरीकर्तालाई बोलाएर छलफल गरिरहेको छ।
ब्यूरोका सूचना अधिकारी दिलिपकुमार गिरीका अनुसार मंगलबारको छलफल निष्कर्षमा नपुगेपछि बुधबार पनि छलफल भइरहेको छ।गीतमा रहेको ‘खान्छौ कि खान्नौ बङ्गुरको मासु, लौ खाऊ न त सुँगुरको मासु’ भन्ने पंक्तिमा हिन्दुवादी अभियन्ताको आपत्ति रहेको गिरीको भनाई छ ।
उजुरीकर्ताले गीत तत्काल हटाउन माग गरेका छन्। हिन्दुवादी अभियन्ता सागर थापालगायतले गीतमा रहेको केही शब्दले बाहुन समुदायलाई लक्षित गरेको भन्दै गीत हटाउन माग गरेका छन्। गीत सेन्चुरी र दीपिका बयम्बु मगरको स्वरमा रहेको छ।





